
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५ करोड १७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो वर्षको तुलनामा १५.१४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ६ करोड १० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषको आकार २८.३३% ले बढेको छ । बिमा कोषको आकार १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार रुपैयाँबाट बढेर बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ । यस्तै खुद बिमा शुल्क आर्जन ५ करोड ९९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस इन्स्योरेन्स ले ८ करोड ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २ अर्ब ९९ करोड ४२ लाख ४३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार २२२ रुपैयाँ ९६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्