×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सक्षम छोरी’ को बलियो उदाहरण ‘महेश्वरी’, भन्छिन्- ‘घरमा एक्लै हुँदा चुक्कुल लगाउनुपर्ने बाध्यताको अन्त्य भयो…’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, बडेहाँ बस्दै आएकी १५ वर्षिया महेश्वरी जोशी अहिले कक्षा १० मा अध्ययन गरिरहेकी छिन् । उमेरमा सानो भएतापनि घर(परिवारमा निकै दुःख भोग्दै आएकी जोशी अहिले सक्षम छोरीको तालिममा पनि नियमित रुपमा सहभागी हुने गर्छिन् । ग्रामिण क्षेत्रमा हुर्किएकी उनि अहिले पनि गाउँले जिवन बिताईरहेकी छिन् । 
जिवन र संघर्ष संगसंगै चलाईरहेकी महेश्वरी ‘सक्षम छोरी’ परियोजनादेखि निकै सन्तुष्ट देखिन्छिन् । उनि भन्छिन्, ‘यो परियोजना मेरो जिवन परिवर्तनको मुख्य आधार नै बन्यो ।’ आफैपनि अन्धविश्वास र समाजले छोरीप्रति हेर्ने फरक दृष्टीकोणको शिकार बनेको भएर होला सक्षम छोरी परियोजना छोरीकै लागि हो भन्ने उनि ठान्छिन् । 

सुन्दा सामान्य लाग्ने यो परियोजनाले आफ्नो जिवनमा धेरै परिवर्तन ल्याएको उनि बताउँछिन् । पहिलाको दिन सम्झिदै उनले भनिन्, ‘साह्रै डराउने म घरमा एक्लै हुँदा पनि चुक्कुल लगाएर बस्ने गर्थेँ ।’ उनले थपिन्, ‘नचिनेको मान्छे त धेरै टाढाको कुरा हो म आफ्नै छिमेकी संगपनि हाँसेर ढुक्कसँग बोल्न सक्थिन ।’ तर यो परियोजनामा आफु सहभागी भएसँगै सबै कुरा सामान्य बन्दै गएको उनको भनाई छ । एक्लो हुँदा घरमा चुक्कुल लगाएर बस्ने उनि अहिले घर भित्र बाहिर सबैतिरको काम आफै सम्हाल्दै आएकी छिन् । छिमेकीसँग पनि हाँसेर बोल्न डराउने उनि अहिले अपरिचित व्यक्तिहरुलाई पनि विभिन्न कुराहरुमा सहयोग गर्न थालेकी छिन् । यात्रा गर्दा होस् वा कुनै सभा वा सम्मेलनमा जाँदा होस्, विद्यालय जाँदा होस् वा घरायसी कामले बजार जाँदा होस् आफु सक्षम, स्वतन्त्र र सुरक्षित भएको महशुस हुने गरेको उनि बताउँछिन् । 
विद्यालयको शिक्षकबाट ‘सक्षम छोरी’ परियोजनाको विषयमा थाहा पाए लगत्तै उक्त परियोजनामा सहभागि हुन निकै इच्छुक बनेको उनले बताईन् । बढ्दै गरेको महिला हिंसाको बीचमा उक्त कार्यक्रममा सहभागि भए केही राहत मिल्छ कि भन्ने उत्सुकतामै मैलै आफ्नो सहभागिता जनाएँ, उनले भनिन् । कार्यक्रमबाट सिकेको सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक अभ्यास र परिवारको सहयोगको कारणले वास्तविक जिवनमै सक्षम छोरी बन्न सफल भएको महेश्वरीले बताईन् । 

उनको जिवनमा आएको परिवर्तन र सफलताको कथा यतिमै मात्र सिमित थिएन । सक्षम छोरी परियोजनाबाट उनिमात्रै होईन उनको परिवार पनि निकै सन्तुष्ट देखिन्थे । ‘सक्षम छोरी’ परियोजनाको प्रभावका विषयमा हामीले उनका बुवा सँग पनि केही बुझ्ने प्रयास गर्यौँ । हामीले गरेको प्रश्नमा सहजै जवाफ दिदै उनले भने, ‘परिवर्तन त छोरीमा धेरै नै आएको छ, परिवर्तन संगै निडर पनि बनेकी छे ।’ विगतका दिन स्मरण गर्दै महेश्वरीका बुवाले पुःन थपे, ‘पहिला स्कुल पुर्याउन पनि आफै जान पथ्र्यो तर आजभोली ति दिनहरु फर्केर हेर्नुपर्छ ।’ यतिमात्रै हाइन उक्त तालिममा सहभागि भएप्रश्चात आफ्नी छोरीप्रति समाजले हेर्ने दृष्टीकोणमा समेत परिवर्तन आएको जोशीले बताए । 

यसैबीच महेश्वरीकी आमा विष्णादेवी जोशीले पनि तालिमकै कारण छोरीमा परिवर्तन आएको स्विकार गरिन् । छोरी कतै जाँदा मनमा डर र त्रासको पोको बाँधिने विष्णादेवी अहिले घर बाहिरको काममा छोरीलाई नै लगाउने गर्छिन । यतिमात्रै हाईन आजभोली छोरीलाई समाजमा हुने हरेका गतिविधि तथा क्रियाकलापमा सहभागि हुन प्रेरित गर्ने गरेको विष्णादेवीले बताईन । उनले भनिन्, ‘छोरीले भने हामी जे पनि गर्छौँ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: