×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षाका नाममा ‘मजाक’ गर्दैछ सरकार, कक्षा ५ को पुस्तकमा ३ को कभर पेज !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

शिक्षाका नाममा ‘मजाक’ गर्दैछ सरकार, कक्षा ५ को पुस्तकमा ३ को कभर पेज !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । शैक्षिक सत्र २०७७ को पाठ्पुस्तकमा त्रुटी भेटिएको छ । कोरोना कहरकाबीच विद्यालयमा पठनपाठन सूरु गरिएसँगै विद्यालयमा पढाई भईरहेको पुस्तकको कभर पेजमै त्रुटी भेटिएको हो । 
कोरोना महामारीकै दौरानमा कैलाली लगाएतका विभिन्न जिल्लामा सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएका छन् । महामारीका कारण शैक्षिक सत्रको सुरुवातदेखी नै बन्द भएका विद्यालयहरुले विद्यार्थिको सहजताका लागि पाठ्यपुस्तक वितरण गरिसकेका थिए । कोरोना भाइरसका कारण लामो समयदेखी बन्द रहेका विद्यालय सञ्चालनमा आएलगत्तै सरकारी विद्यालयमा पढाई हुने पुस्तकको कभर पेजमै त्रुटी फेला परेको हो । 
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा पढाई सञ्चालन भईरहेको अवस्थामा शिक्षक नै भुक्किएपछि त्रुटी भेटिएको हो । कक्षा ३ को ‘मेरो विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा’ विषय पढाई भईरहेको थियो । पढाउने क्रममा कभर पेजमा कक्षा तीन लेखिएको उक्त पुस्तकको पाठ्यक्रम भने कक्षा ५ को रहेपछी शिक्षक नै अन्यौलमा परे । शिक्षक भन्छन्, ‘विद्यालय बन्द रहँदा त्रुटी थाहा भएन तर अहिले विद्यार्थि विद्यालयमा नियमित आउन थालेपछी यस्तो देखियो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: