×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चाडपर्व छाडेर मजदुरीका लागि भारत जाने नेपालीको दुखेसो, ‘…झुठो आश्वासनले पेट पाल्न गाह्रो रहेछ’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । चाडपर्वका बेला सिमानाकामा चहलपहल देखिनु स्वभाविकै हो । वर्षभरी बाह्य देशमा मजदुरी गरेर चाडपर्वको मौका छोपि प्राय नेपालीहरु स्वदेश फर्कने गर्दछन् । तर यसपाली ठिक उल्टो भयो । नेपालीहरुको महान चाड मुखैमा छ तर अधिकांश नेपालीहरु मजदुरीका लागि भारत प्रवेश गर्न थालेका छन् । 

कोरोना भाइरस (कोभिड १९) को संक्रमण सूरु भएसँगै भारतका विभिन्न शहरमा रोजगारी गुमाएका कैलालीका हरिसिंह कुँवर (झापाली) स्वदेश फर्किए । झण्डै ४ ५ महिनाको लकडाउनमा दैनिक गुजारा गर्न मुस्किल परेपछि कामको खोजीमा लागेका उनि स्वदेशमा केही नपाएपछि तिहारको मुखैमा आफ्नो ५ जनाको परिवारसहित भारत जानका लागि सिमानाकामा पुगेका छन् । 
रोजगारी गुमाएर स्वदेश फर्केका कुँवरले पेट पाल्नै समस्या हुन थालेपछि अन्तिम विकल्पमा भारत रोजेको बताए । उनले भने, ‘हाम्रा लागि सरकार छ भन्नु त व्यर्थ हो ।’ लकडाउनमा आफुसँगै आफ्नो परिवारले भोगेका समस्या सम्झिदै उनले फेरी भने, ‘नेता र ठूलाबडा भनाउँदाहरुको भाषण र झुठो आश्वासनले पेट पाल्न साह्रै गाह्रो रहेछ ।’

स्वदेशमा केही गर्ने सोच हुँदा हुँदै पनि उपाय नै नलागेपछि भारत पस्ने तरखरमा रहका कुँवर जस्तै अन्य धेरैजना दैनिक सिमानाकामा पुग्ने गर्दछन् । चाडपर्वका बेला परिवार र गाउँघरको रमाईलो छोडेर मजदुरीका लागि बाह्य मुलुक जान कसलाई पो रहर हुन्छ र तर पनि पेट र परिवार पाल्नकै लागि भएपनि भारत जान लागेको उनिहरुले गुनासो गरेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: