
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । मंसिर ३ गतेसम्म ७० रुपैयाँमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य भने ७७.२० रुपैयाँ रहेको छ । सो मूल्य डिलरका लागि हो ।
यता विरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४.५० रुपैयाँ पर्ने कर्पोरेशनले जानकारी दिएको छ । आम उपभोक्ताले चिनी खरिद गर्नको लागि १५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेशनले बिक्री गर्ने चिनीको प्याकेटमा २ केजीको हुने गरेको छ ।
आम उपभोक्ता मूल्य भने ७७.५० रुपैयाँ रहेको कर्पोरेशनका केन्द्रिय विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले बताए । चिनीको नयाँ मूल्य निर्धारणसँगै आम उपभोक्ताले अब साल्ट ट्रेडिङबाट ७० रुपैयाँ प्राप्त गर्दै आएको चिनीमा ७७.५० रुपैयाँ तिर्नुपर्नेछ । मंसिर ३ गतेसम्म सरकारले सञ्चालन गरेको सुपथमूल्य पसल र साल्ट ट्रेडिङ कम्पनीबाट मात्रै ७० रुपैयाँमा चिनी खरिद गर्दै आएका थिए । अहिले बजारमा ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म प्रतिकेजी चिनीको कारोबार भइरहेको छ । तर कर्पोरेशनले ७७ रुपैयाँ २० पैसामा नै चिनी उपलब्ध गराउने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्