
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७४.१२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ९१ लख ८० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ३०.७२ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ७४.१२ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन नाफा पनि ३ करोड रुपैयाँबाट बढेर ५ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
यो पहिलो त्रैमासमा कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब १३ करोड कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको खराब कर्जा १.७०% बाट बढेर २.९९% भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्