×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो पहिलो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा ? (विस्तृत विवरणसहित)

PRIME CA

युनियन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो पहिलो त्रैमासको वित्तीय विवरण, कति कमायो नाफा ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनियन लाइफ इन्स्योरेन्सले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५६% ले कम हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क १% ले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यो अवधिसम्ममा आउँदा युनियनले चार हजार ३ सय ५३ टा दाबी वापत १३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै जीवन बीमा कोषमा ५ अर्ब १२ अर्ब रुपैयाँ संचित रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: