×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको १५.५१% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, १४औं वार्षिक साधारणसभा पुस २५ गते

GLOBAL IME BANK
SHREE KESH

मुक्तिनाथ विकास बैंकको १५.५१% लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, १४औं वार्षिक साधारणसभा पुस २५ गते

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश पाउनका लागि आज सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । आजसम्म बैंकको सेयर किन्नेहरुले बैंकले घोषणा गरेको लाभांश पाउने भएका हुन् । बैंकले ११.२५% बोनस सेयर र कर प्रयोजनको लागि ४.२६% नगद लाभांश गरी कुल १५.५१% लाभांश वितरण गर्दैछ । 
बैंकले साधारणसभाका लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसकारण आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले साधारणसभा पुस २५ गते बोलाएको छ । १४औं वार्षिक साधारण सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दी पोखरामा सुरु हुनेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: