- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे । बैंकले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।