×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र आजदेखि किन्न पाइने, ब्याजदर कति ?

PRIME CA

बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र आजदेखि किन्न पाइने, ब्याजदर कति ?

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूले आज बुधबारदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागिछुट्याएको छ भने बाँकी ९ लाख ६० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
बैंकको सो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँका दरले खरिद गर्नुपर्नेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ जारी गरेको हो । लगानीकर्ताले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा पुष ८ गतेसम्म भर्न पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेड हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: