×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गैरकानुनी’ ठहरिएपछी संचालकबाट निकालिएका दिनेश श्रेष्ठको ‘डिजाइन’ : गुहेश्वरीसँग सीइओको कुर्सी साटासाट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘गैरकानुनी’ ठहरिएपछी संचालकबाट निकालिएका दिनेश श्रेष्ठको ‘डिजाइन’ : गुहेश्वरीसँग सीइओको कुर्सी साटासाट !

Artha Sarokar

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
दिनेशलाल श्रेष्ठ कुनै बेला गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा प्रमुख कार्यकारी थिए भने उता एशियन लाइफ इन्स्योरेन्समा पनि संचालक थिए । एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत अर्को इन्स्योरेन्स कम्पनीमा संचालक हुन नपाउने व्यवस्थालाई अटेरी गर्दै उनी दुवै पदमा बसेका थिए । पछी अर्थ सरोकार डटकमले श्रेष्ठ एउटा बैंकमा सीइओ र अर्को इन्स्योरेन्स कम्पनीमा संचालक हुनु गैरकानुनी भएको समाचार लेखेपछि उनलाई सहमतिमै एशियन लाइफ इन्स्योरेन्सबाट निकालिएको थियो । त्यतिबेला पनि उनले यतिसम्म बठ्याई गरेका थिए कि आफु रिक्त भएको पदमा आफ्नै मान्छे लगेर राखेका थिए ।
अहिले तीनै श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत चयन भएका छन् भने श्रेष्ठले छोडेको गुहेश्वरीको सीइओ पदमा केहि समय अघि मात्र एशियन लाइफ छोडेका राजेश श्रेष्ठ नियुक्त गरिएको छ । उनीहरुले सहमतिमै एकअर्काको पद साटासाट गरेका हुन् । यता र उता मिलाएर सधैं पदमा बस्ने नियतका साथ कतिपय नीति नियमका लुपहोलहरु समातेर पदमा बस्नु गलत भएको भन्दै विभिन्न निकायमा उजुरी पुगेपछि यस्तो रहस्य बाहिर आएको हो ।
नेपाल राष्ट्र बैंक र बीमा समितिले कुनै एक कम्पनीका कार्यकारी प्रमुख रहेको व्यक्ति दोस्रो कार्यकाल पुरा गरेपछि तेस्रो कार्यकाल काम गर्न नपाउने व्यवस्थापछी उनीहरुले यसरी पदको भागबण्डा गरेका हुन् ।नेपाल बैंकबाट बैंकिङ सुरु गरेका राजेश श्रेष्ठ एशियनमा हुँदासमेत येशियनमा थुप्रै विवादहरु निस्किएका थिए । यता गुहेश्वरीमा सीइओको कार्यकाल सकिएपछी एशियन आएका दिनेशलाल श्रेष्ठ त झन् गैरकानुनी पदमा बसेको भन्दै निकै अघिदेखि विवादमा आएका व्यक्ति हुन् । 
कानुनले हुँदैन भन्दैन, त्यसैले सीइओ भएर एशियन जान लागेको हुँ : दिनेशलाल श्रेष्ठ 
यस विषयमा दिनेशलाल श्रेष्ठले भने आफ्नो नियुक्ति कानुनी रुपमा भएकोले यसमा केहि पनि विवाद नभएको दाबी गरेका छन् । ‘सीइओ हुने पनि प्रक्रिया हुन्छ । सबै प्रक्रिया पूरा भएको छ । मैले पनि एउटा अनलाइनमा समाचार पढेर सीइओ भएछु भन्ने थाहा पाएको हो ।’ निकै हास्यास्पद जवाफ दिंदै उनले भने, ‘म कानुनी रुपमा सीइओ बनेको हो, अरु कुरा त थाहा छैन ।’ ‘अनि एक पटक संचालक पदबाट निस्किनुपरेको व्यक्ति सीइओ भएर त्यहि संस्थामा आउँदा लज्जाबोध हुँदैन र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘पूर्व संचालक सीइओ हुन नपाउने भन्ने कतै छैन ।’ ‘आफु गैरकानुनी पदमा बस्नुभो, समाचार आएपछि तपाईंलाई त छोडाइयो तर आफ्नै परिवारभित्रको मान्छे लगेर संचालक बनाउनुभयो । अहिले अहिले सीइओ आफैं बन्नुभयो, के यो इथिकल भयो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले छोडेपछि जो संचालक बन्नुभएको थियो, उहाँले राजिनामा दिइसक्नुभयो । त्यसैले यहाँ केहि गल्ती छैन ।’
कर्मचारीकै असन्तुष्टि, ‘दिनेश सरको ससुरालीमा काम गरेको जस्तो लाग्छ’
यता यसरी आफ्नै ‘फेमिली बिजनेश’ जसरी पद साटासाट गरेर जनताको कम्पनीमाथि दोहन भइरहेको व्यहोरा खुलाएर एशियनकै कर्मचारीले दिनेशलाल श्रेष्ठको पद खारेज गरी पाउँ भनी एक निकायमा उजुरी गरेका छन् । ‘एशियनलाइफ जनताको कम्पनी हो । तर दिनेशलाल श्रेष्ठले कम्पनीलाई आफ्नै ससुरालीजस्तो बनाउनुभएको छ । कहिले ससुराको पालो कहिले ज्वाईको पालो जसरी पद साटिएको छ, कानुनको लुपहोललाई प्रयोग गरेर बीमा समितिमा समेत कुरा मिलाएर गलत काम भएको छ, उनको पद खारेज गरी पाउँ’ भनी श्रेष्ठ विरुद्ध उजुरी परेको हो । यता श्रेष्ठले भने आफुलाई यस विषयमा केहि पनि थाहा नभएको बताएका छन् ।
https://arthasarokar.com/2018/06/dinesh-lal-shrestha-.html
https://arthasarokar.com/2020/06/Asian-Life-Insurance.html
https://arthasarokar.com/2018/06/asian-life-insurance-.html
https://arthasarokar.com/2018/05/asian-life-insurance-director-.html
https://arthasarokar.com/2018/05/asian-life-insurance.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी