×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेन्डासहित घरेलु लघुवित्तले पुस १४ मा बोलायो एजिएम, अन्य एजेन्डा के-के ?

PRIME CA

समता लघुवित्तसँग मर्जरमा जाने मुख्य एजेन्डासहित घरेलु लघुवित्तले पुस १४ मा बोलायो एजिएम, अन्य एजेन्डा के-के ?

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । सभा पञ्चकन्या ब्यांकेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुने भएको हो ।
संस्थाले सभामा समता लघुवित्तसँग गाभिनको लागि अन्तिम सम्झौता गर्ने र सोको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै दुवै कम्पनी एक भएपछि संस्थाको नाम ठेगना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । 
समता र घरेलु लघुवित्तबीच गत असार १ गते एक आपसमा गाभ्ने–गाभिने विषयमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । समता र घरेलु लघुवित्त क्रमशः १००ः८० सेयर स्वाप अनुपातमा गाभिने प्रारम्भिक सम्झौता भएको  हो । यता घरेलु लभुत्तिसँग मर्ज हुने भएपछि समताको सेयर कारोबार रोक्का भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: