- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारणसभा पनि पुस २९ गते हुने भएको छ । सभा बैंकको रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान १० हुनेछ । सभामा बैंकले गत वर्षको नाफाबाट १४% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।
यस्तै बैंकले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट पनि ३ जना नै गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने भएको छ । सभाका लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुनेछ । जसअनुसार पुस १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सो लाभांश पाउनेछन् ।