- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९० रुपैयाँ कायम गरेको छ ।