Skip to content
LAXMI SUNRISE BANK

पुस १० देखि फिल्म हल सञ्चालन गर्ने नेपाल चलचित्र संघको निर्णय

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल खोल्ने निर्णय गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्द रहेका हल खोल्ने निर्णय संघले गरेको हो । सरकारले फिल्म हल खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
‘लकडाउन पूर्ण रुपमा हटाई मुलुकभर हवाई यातायात, स्थल यातायात, होटल, रेस्टुरेन्ट, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लुएचओको सुरक्षा मापदण्ड समेत अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने र सरकारसमक्ष केही माग राखेर चरणबद्ध आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको छ’ संघको विज्ञप्तिमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK