
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले सायल गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता गरेको छ । बैंकले डोटीको सायल गाउँपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्थानियहरुलाई आर्थिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानिय निकायसँग समन्वय गरि साना तथा मझौला व्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको हो । सोही उद्देश्य अनुरुप पुस ५ मा सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पुस ६ मा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच एमओयुमा हस्ताक्षर सम्पन्न भयो । सो कार्यक्रममा नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थिति थियो ।
सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यवसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिति रहेको थियो । उक्त कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारेका छन् ।
गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसा योग्य रहेको धारणा व्यक्त गरे । उक्त कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे । नबिल बैंकले हालसम्म १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्