×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक र सिभिल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कुन खातामा कति छ ब्याज ?

PRIME CA
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंक र सिभिल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कुन खातामा कति छ ब्याज ?

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंक र सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुवै बैंकले निक्षेपमा न्यूनतम ३ % देखि ८% सम्म ब्याजदर दिने जनाएका छन् । 
नेपाल बंगलादेश बैंक
यस बैंक सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतमा ३% र मुद्दति निक्षेपमा ८% सम्म ब्याज दिनेछ।साथै संस्थागत मुद्दतिमा ६% देखि ७.२५% सम्म र व्यक्तिगत मुद्दतिमा ६.२५% देखि ८% सम्म ब्याज दिने बैंकले जनाएको छ । यस्तै कर्जातर्फ बैंकले समयावधि अनुसार न्यूनतम ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको नयाँ ब्याजदर आजदेखि लागू हुनेछ ।
सिभिल बैंक
यस बैंक सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतमा न्यूनतम ३ % ब्याजदर र मुद्दति निक्षेपमा ५.१०% देखि ९% सम्म ब्याज रहेको छ । बैंकले संस्थागत मुद्दतिमा ५.१०% देखि ६.६०% सम्म र व्यक्तिगत मुद्दतिमा ७% देखि ९% सम्म ब्याज दिनेछ । यस्तै बैंकले कर्जातर्फ न्यूनतम ९.९४% देखि १३.९४% सम्म ब्याजदर निर्धारण गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: