- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से ०.०९ अंक १९९८.८२ विन्दुमा पुगेको हो ।
सोमबार प्रि ओपन सेसनमा १० कम्पनीको ६ लाख १८ हजार ३८० रुपैयाँ बराबरको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।