×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुससहित स्याङ्जाबाट सवइन्जिनियर पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

घुससहित स्याङ्जाबाट सवइन्जिनियर पक्राउ

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सव इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासाबापत उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: