
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हालसम्म ३० हजार भन्दा बढी बीमितले कोरोना बीमाको रकम भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार माघ ९ गते शुक्रबारसम्म ३० हजार २७० जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । समितिले ३० हजार २७० जना बीमितलाई २ अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।
यस्तै माघ ९ गतेसम्म कोरोना बीमामा ५७ हजार ७६२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका ३ हजार १८ वटा फाइल सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ भने ८ हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।
सात हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ५९६ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् । यस्तै २ सय १४ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ९७१ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । गत चैत्रदेखि नेपालमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएपछी समितिले कोरोना बीमा पोलिसी ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्