×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीय व्यवसायीहरुद्धारा चीनको अघोषित नाकावन्दीविरुद्ध रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्थानीय व्यवसायीहरुद्धारा चीनको अघोषित नाकावन्दीविरुद्ध रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन

Artha Sarokar

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवागडी । स्थानीय व्यवसायीहरुले चीनको अघोषित नाकावन्दीविरुद्ध प्रदर्शन गरेका छन्। व्यवसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा व्यवसायीहरुले व्यवसायीलाई गरिखान देउ, चीन वारीपारी कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर ।
अन्तर्राष्ट्रिय व्यापार कानुनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसँग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकावन्दी अन्त्य गर भन्दै प्लेकार्डसहित नाराबाजी लगाएका थिए । रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको थियो । साथै अहिले रसुवागढी (केरूङ) नाका हुँदै सामान आउन सकेको छैन । केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैया प्रति असन्तुष्टि जनाएका थिए ।
विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए । पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ थियो । १०/१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी