×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७२.४२ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७२.४२ प्रतिशतले बढ्यो

Artha Sarokar

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्म आईपुग्दा २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको भन्दा १७२.४२ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ५४.६८ प्रतिशत र सञ्चालन नाफा ३६०.७१ प्रतिशतले बढेको छ । गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमाससम्म बढाएर ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस्तै सञ्चालन नाफा ८८ लाख २१ हजार रुपैयाँबाट बढेर ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम आइपुग्दा कम्पनीले ४९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्व ८३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि ३ प्रतिशत बाट घटेर २.४१ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको बैंकको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी