- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला आज स्थिर रहेर सोहि मूल्यमै कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ८७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०२ रुपैयाँ कायम गरेको छ ।