काठमाडौँ । राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४ महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकका राष्ट्रिय मनिचेञ्जर प्रालि स्वयम्ले दिएको स्वेच्छिक निवेदनका आधारमा कम्पनीको लाइसेन्स खारेज गरिएको हो ।
कम्पनीले भारतीय मुद्रा खरिद-बिक्री कारोबार लागि पाएको लाइसेन्स खारेज गरिदिन राष्ट्र बैंकमा निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम २२ अनुसार लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्