×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन लाइफ हाइड्रोको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ माघ २३ गतेदेखि बिक्री खुला हुने, कति कित्तासम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

ग्रीन लाइफ हाइड्रोको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ माघ २३ गतेदेखि बिक्री खुला हुने, कति कित्तासम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको ३५ करोड बरारबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो । यस कम्पनीले यसअघि स्थानीय बासीन्दाका लागि निष्काशन गदा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता सेयरसमेत सर्वसाधरणमा बिक्री गर्न लागेको हो । कुन आईपीओमध्य १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओमा माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ भने उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन ताथ बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: