×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थप सुविधाहरूसहित ‘आइएमई पे’ एप प्रयोगमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थप सुविधाहरूसहित ‘आइएमई पे’ एप प्रयोगमा

Artha Sarokar

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ एप नयाँ सुविधासहित प्रयाेगमा आएकाे छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । बिहिबारबाट प्रयोग योग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने र एप थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएकाे छ ।
कम्पनीले एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरेकाे छ । एपलाई प्रयोगकर्ता मैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको कम्पनीले जनाएकाे छ । यस्तै कम्पनीले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनकालाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैज्दात रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।
साथै आइएमई पेमाआवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र १ बाट सेवाशूल्क शुरू हुनेछ । साथसाथै आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक नि: शूल्क हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी