
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले अपशब्द प्रयोग गर्दै पत्रकारमाथि हातपात गर्न खोजेका छन् । समाचार संकलनका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।
मालपोत कार्यालय कैलालीमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । कर्मचारीद्धारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनि घाम तापेर बसीरहेका थिए । अर्थ सरोकारको टिम कार्यकक्षमा प्रवेश गरिसकेपछि उनि कार्यकक्षमा आएका थिए ।
कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिए । कार्यालयमा भएको कमजोरी सुधारका लागि पहल गर्नुपर्ने ठाउँमा उनि आफ्ना कर्मचारीलाई बचाउ गर्नमै तल्लिन थिए । उनले पत्रकार श्रेष्ठको दुव्र्यवहार गर्दै अपशब्द समेत प्रयोग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्