×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै, फागुन ३ गते हुने वार्षिक साधारणसभाले प्रस्ताव पारित गर्ने ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै, फागुन ३ गते हुने वार्षिक साधारणसभाले प्रस्ताव पारित गर्ने ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । संस्थाले तेस्रो वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गराउने भएको हो । कम्पनीले यसअघि पहिलो वार्षिक साधारणसभाबाट नै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि २ वर्षसम्म सेयर जारी गर्न नसकेपछि पुनः साधारणसभाबाट अनुमति लिन लागेको हो ।
आईपीओ जारीको प्रस्तावसहित संस्थाले फागुन ३ गते होटल ¥याडिसन, लाजिम्पाटमा बिहान ११ बजे सभा बोलाएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको ४३औँ बैठकले साधारणसभाको मिति तोकेको हो । सभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओपश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: