
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको १९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । गत मङ्सिर २१ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर (नेप्से) मा माघ २ गते शुक्रवार नेप्सेमा सुचिकृत भएको हो ।
उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गते आइतवारदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
बैंकको मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जनाएको छ । यस्तै २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्