- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छापावाला आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार १ सय रुपैयाँ कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ९६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।