×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

झिनो अंकले घट्यो नेप्से, शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार

Artha Sarokar

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अनले घटेको छ । सोमबारको तुलनामा बजार ३.५४ अंकले घटेर २१६५.४९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ८ लाख ९ हजार ६२५ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६९ करोड ६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी