×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका कर्मचारीको मृत्यु, क्षतिपूर्तिको माग राख्दै आयोजनाको काम ठप्प

PRIME CA

९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका कर्मचारीको मृत्यु, क्षतिपूर्तिको माग राख्दै आयोजनाको काम ठप्प

अर्थ सरोकार

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सङ्खुवासभा । सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् । शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।
टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बित्दासक्दा पनि उठाएका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका छन् । ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सरुङ मार्गको काम गरिरहेको छ ।
ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेपछि घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: