
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा रिक्सा चलाएर जिवन चलाउने धनीराम लुहार अहिले बन्द बजारमा ठप्प चहलपहर हेरेरै समय बिताईरहेका छन् । राजनीतिक उथलपुथलको नतिजा स्वरुप बिहिबार माधव प्रचण्ड नेपाल समूहले गरेको नेपाल बन्दका कारण उनि थप पिरमा परेका छन् । बिहानै उठेर मजदुरीका लागि चाहार्ने उनको दैनिकीमा बन्दको प्रभाव निकै नै परेको छ । उनि भन्छन्, ‘यो बन्दले कसैको भलो गरेको छैन उल्टै भोको पेटमा लात हान्ने काम गरेको छ ।’ वर्तमान अवस्थाप्रति आक्रोश पोख्दै उनले भने, ‘हाम्रो परिवारलाई प्रचण्डले पाल्छन् र ?’

लुहार जस्तै धनगढीमा कयौँ मजदुरहरुपनि बन्दका कारण चिन्तित देखिन्छन् । धनगढीमै विद्युतिय रिक्सा चलाउने रिक्साचालक रामजनम चौधरीले पनि बन्दले आफ्नो दैनिकी नै प्रभावित बनाएको गुनासो गरे । उनले भने, ‘दिनमा १ हजार सम्म पनि आम्दानि हुँदैन, त्यसैमाथी यो बन्द, हड्तालका कारण मुख जोड्ने बाटो नै बन्द गरिदियो ।’

माधव प्रचण्ड समूहले घोषणा गरेको नेपाल बन्दले व्यापारी तथा मजदुरहरुको जिवनमा उर्लापात त ल्याएकै थियो विद्यालय तथा शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थि सडकमा भएका राजनीतिक नारा र विरोध हेरिरहेका देखिन्छन् । ‘यसबाट कलिला बालबालिकाहरुले के सिक्ने ?’ एक अभिभावकले भने, ‘बन्दले समग्र नेपालीको जनजिवन प्रभावित बनाएको छ ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्