
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बारा, निजगढ नगरपालिका-४ पुरानो निजगढ टोलस्थित हाल बन्द रहेको अग्नेश्वर क्रसर उद्योगमा आगलागी भएको छ । आगलागीबाट जेनेरेटर, मोटर वाइरिङ केवल लगायतका सरसामान जल्दा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, कटारी नगरपालिका-५ खैरेनी बस्ने बबीलाल दनुवार, बुनिलाल दनुवार, सत्य नारायण दनुवार र सयशलाल दनुवारको घरमा सोमबार दिउँसो आगलागी हुँदा ४ वटा घर पूर्णरूपमा जलेर करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्