- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज १ हजारले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७५ हजार ६२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १९ रुपैयाँ कायम गरेको छ ।