×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त छैन’ : निर्देशक शाक्य (भिडियो)

PRIME CA

‘विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त छैन’ : निर्देशक शाक्य (भिडियो)

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अर्पयाप्त रहेको बताउनुभएको छ । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभएको हो । उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताउनुभयो । उहाँले बिद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताउनुभयो । उहाँले विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: