×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहट र नवलपरासीबाट १८ जुवाडे पक्राउ, ५ लाख बढी रकम बरामद !

PRIME CA
GLOBAL IME BANK

रौतहट र नवलपरासीबाट १८ जुवाडे पक्राउ, ५ लाख बढी रकम बरामद !

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । रौतहटमा दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जना र नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारीसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले १४ जनालाई नगद ५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ४ जनालाई २३ हजार २ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: