×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यूआर कोड विस्तारमा आक्रामक बन्यो माछापुच्छ्रे बैंक, पोखराका विभिन्न स्थानमा एकैसाथ सुरु भयो सेवा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्यूआर कोड विस्तारमा आक्रामक बन्यो माछापुच्छ्रे बैंक, पोखराका विभिन्न स्थानमा एकैसाथ सुरु भयो सेवा

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । माछापुच्छ्रे बैंक क्यूआर कोड सञ्चालन तथा विस्तार गर्न रफ्तारमा अगाडि बढिरहेको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि लितथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएकाे हो ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यूआर कोड सुभारम्भ गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंककाका निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घाटन गरे ।
यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसनप्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि पोखरेली ट्याक्सीव्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।
उक्तकार्य क्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक  पुस्कर सुर्खालीले अबको युग डिजिटल युगभएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानिमार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे । ग्राहकले क्यूआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नु हुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहजभएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्यूआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९ हजार पुगेको छ ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंककाप्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिकाप्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायीतथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: