
- अर्थ सरोकार सम्बाददाता
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित राजेशचन्द्र यादवको घरमा आज आगलागी हुँदा मोटरसाइकलसहित लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज अपराह्न राजेशको घरमा चुलोबाट आगो सल्किएर आगलगी हुँदा घरमा रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकललगायत वस्तु जलेर नष्ट भएको छ ।
पीडित परिवारका अनुसार घरसहित घरभित्र रहेका अन्नपाती, भाँडाकुडा, लत्ताकपडा र ज११प ५६२८ नम्बरको मोटरसाइकल, केही नगद र केही गरगहनासमेत गरी सबै थोक पूर्णरुपमा जलेर नष्ट हुँदा रु पाँच लाख बढीको क्षति भएको छ । उक्त आगलागी प्रहरीचौकी सीतापुरबाट खटि गएका प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्