- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । कम्पनीको नाफा २०.७६% ले घटेर १ करोड ४० रुपैयाँ मात्रै कमाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी २.८८% ले घटेर ५ करोड ४५ लाख रुपैयाँमा झरेको छ । कम्पनीको रिजर्भ कोष भने ३२ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ७७ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ५७ पैसा रहेको छ ।