×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त, २ दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव

PRIME CA
GLOBAL IME BANK

एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त, २ दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवा गरेका थिए ।
इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक छन् । खड्काकाे नियुक्तीसँगै एनसीसी बैंककाे सञ्चालक समितिले पूर्णता पाएकाे छ । दुइ साताअघि सम्पन्न भएकाे साधारणसभाले एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशी सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।
सञ्चालक समितिबाट न्याैपाने सर्बसहमतिमा अध्यक्ष भएका छन् । यस बैंकमा पहिलाे पटक सर्बसहमतिमा सञ्चालक समिति गठन भएकाे र सर्ब सहमतिमा बिज्ञ सञ्चालक पनि नियुक्त भएकाेले बैंक आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्ने विश्वास गरिएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: