
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २.२५ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । यस बैंकले हाल विभिन्न किसिमका २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले कर्जातर्फ होम कर्जामा न्यूनतम ९.४९ देखि १२.४९ प्रतिशत, अटो कर्जामा ९.८५ देखि १२.८५ प्रतिशत, प्रोफेसनल कर्जामा १०.१७ देखि १२.१७ प्रतिशत, एजुकेशन कर्जामा ९.३५ देखि १०.८५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्