×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

Artha Sarokar

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २.२५ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । यस बैंकले हाल विभिन्न किसिमका २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । 
यस्तै मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले कर्जातर्फ होम कर्जामा न्यूनतम ९.४९ देखि १२.४९ प्रतिशत, अटो कर्जामा ९.८५ देखि १२.८५ प्रतिशत, प्रोफेसनल कर्जामा १०.१७ देखि १२.१७ प्रतिशत, एजुकेशन कर्जामा ९.३५ देखि १०.८५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी