- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा गत वर्षको सोहि अवधिमा ५६.३०% ले थोरै हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १ हजार २३९ रुपैयाँ १ पैसा छ । यस्तै बिमा कोषको आकार भने २०%ले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यसले १२ करोड ८७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । हाल यस कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ३ करोड रुपैयाँ छ ।