×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिएको ८ लाख रुपैयाँ भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष, गाडीका चालक पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

घुस लिएको ८ लाख रुपैयाँ भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष, गाडीका चालक पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
धनुषा । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका हुन् । उनले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो । 
क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको टोलीले आठ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्षका गाडीका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: