
- अर्थ सरोकार सम्बाददाता
धनुषा । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका हुन् । उनले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।
क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको टोलीले आठ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्षका गाडीका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्