×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानव सेवा आश्रमलाई विवेक अटोमोवाइल्सको सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मानव सेवा आश्रमलाई विवेक अटोमोवाइल्सको सहयोग

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि. ले यहि फेब्रुअरी २६ मा “वेलफेर राइड” कार्यक्रम सम्पन्न भएको छ ।
बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखी सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए जुन मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाईकल र्यालीका लागी रोड क्यापटेन थिए, काठमाडौँ लेजेंड्स् ।
वृद्ध ज्येष्ठ नागरिक अनि असक्त बुवाआमाहरुलाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहनुभएका बुवाआमाहरुसंग अन्तक्रिया गर्ने मुख्य उद्देश्य राखेर बिहानको ०८ बजे बालाजु देखी हिडेको मोटरसाईकल ¥याली गोंगबु, महाराजगंज, गोल्फुटार हुदैँ मानव सेवा आश्रम, नारायणथानमा पुगी समापन भएको थियो ।
मानव सेवा आश्रम पुगेर एम भी दुगड ग्रुप टीम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तर्क्रिरया कार्यक्रम पनि गरेका थिए । Corporate Social Responsibility (CSR) लाइ प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि र्यालीको मनसाय रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: