
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटि बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो । काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
उद्योगी व्यवसायीहरुका हितमा महासंघले चालेका यस्ता कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको छ । आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहने अध्यक्ष कटुवाल बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्