×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुन २८ गतेदेखि साना किसान लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा आउँदै, यी ठाउँहरुबाट भर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फागुन २८ गतेदेखि साना किसान लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा आउँदै, यी ठाउँहरुबाट भर्न सकिने

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले फागुन २८ गतेदेखि १२ हजार ४१५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । संस्थाले सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । लगानीकर्ताले लिलामी सेयर चैत १३ गतेसम्म भर्न पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै लगानीकर्ताले लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सक्नेछन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: