Skip to content
LAXMI SUNRISE BANK

रु रु जलुविद्युतको आइपीओमा माग भन्दा ६१.६५ गुणा बढी आवेदन पर्यो, १६ लाख ६९ हजार ५६६ जनाले भरे सेयर

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बाददाता 
काठमाडौं । रु रु जलुविद्युत परियोजनाको आइपीओमा माग भन्दा ६१.६५ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबारसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आइपीओ भरेका हुन् । जुन माग भन्दा ६१.६५ गुणा बढी आवेदन परेको हो । 
रु रुले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको थियो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK