×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको ८ लाखसहित ४८ वर्षिय एक पुरुष पक्राउ

GLOBAL IME BANK

स्रोत नखुलेको ८ लाखसहित ४८ वर्षिय एक पुरुष पक्राउ

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
अवैध काठमाडौँ । श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई श्रोत नखुलेको ८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
साईकलमा सवार कलवारलाई मंगलबार दिउँसो महानगरपालिका–६० स्थित सडकबाट जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको हो । कलवारमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरितको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: