×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१४ बर्षीय फुच्चे ह्याकर ‘आकाश’को कथा: ‘बैंकिङ एप ह्याक गरेर पैसा निकाले, पब्जी खेलेर सिध्याए… (विस्तृत घटनाक्रम)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित एक स्थानीय बोर्डिङ स्कूलमा अध्ययनरत आकाश (नाम परिवर्तन) भर्खर १४ वर्षका छन् । पढाईमा सार्है ‘ट्यालेन्ट’ उनी खुब पब्जी खेल्छन् । १४ बर्षकै उमेरमा फेसबुकमा खुब घोत्लिने उनी कलाकारहरुका फेसबुक पोष्ट र प्रोफाइल पनि खुब हेर्थे ।
पब्जी खेल्ने क्रममा एकदिन उनलाई पैसाको आवश्यकता पर्‍यो । पब्जी खेल्न कै लागि बुबाआमासंग पैसा माग्ने हिम्मत नभएपछी उनले के गर्ने भन्ने विषयमा सोचे । झट्ट दिमागमा उनको कुरा खेल्यो- ‘फेसबुक ह्याक गरेर कसैको नामबाट पैसा माग्ने ।’
अव उनले त्यसरी ह्याक गर्न सकिने सजिलो ‘मुर्गा’ एकाउन्ट खोज्न थाले । युट्युबमा कसरी फेसबुकको एकाउन्ट ह्याक गर्न सकिन्छ भन्ने खोजे । गुगलमा लामो समय घोत्लिए । १४ बर्षको कलिलो उमेरमै उनले आइडिया पत्ता लगाए । इन्टरनेटमा हेरेर फेसबुक ह्याक गर्न सिकेका उनले एक व्यक्तिको फेसबुक ह्याक गर्न सफल भए । यतिसम्मकि उनी ती व्यक्तिको साथीको सूचीहरुसम्मा पनि पुगे ।
संयोग यस्तो भयो कि उनले जसको फेसबुक एकाउन्ट ह्याक गरेका थिए, त्यो आइडी चर्चित व्यक्ति कै परेछ । र ती व्यक्तिले दिपाश्री निरौलासहित अन्य कलाकारसँग पनि कुरा हुँदो रहेछ । यस्तो थाहा पाए पछी उनको निशाना दिपाश्री निरौला परिन् । दीपाको फेसबूकमा पहुँच बनाउन उनलेसिकिसकेका थिए ।
तपाईं हामीले फेसबूक पासवर्ड बिर्सिएमा ‘फर्गेट पासवर्ड’ गर्ने अनि इमेल आईडी वा रजिस्टर्ड मोबाइलमा कोड पठाएर पासवर्ड रिसेट गर्ने विकल्प हुन्छ । उनले पनि त्यहि जुक्ति अपनाए । कुराकानीकै क्रममा उनले दीपाको इमेल आईडी पत्ता लगाएर पासवर्ड फर्गेट गरे र फूले पहिले नै ह्याक गरेको आईडीबाट दीपासँग ‘तपाईंको इमेलमा आएको कोड दिनुस् न’ भनेर आग्रह गरे।
आफ्नो नजिकको चिनजान गरेका व्यक्तिले कोड मागेपछी निरौलाले पनि दिइन् । तर यसो गरिसक्दा उनको फेसबुक ह्याक भएको उनले पत्तो नै पाइनन् । उक्त कोड राखेर आकाशले दीपाको फेसबूक आईडीको पासवर्ड परिवर्तन गरिदिए ।
त्यसपछि उनले निरौलासँग कुरा हुने साथीहरूलाई म्यासेज गरेर पैसा माग्न थाले । उनले आफूलाई अर्जेन्ट परेको भन्दै मोबाइल बैंकिङबाट पैसा पठाइदिन आग्रह गरे । पैसा लिन उनले फेरी यहि कोड पठाउने र माग्ने विधि अपनाए । यहि क्रममा उनले नेपालगञ्ज निवासी एक व्यक्तिको इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा पहुँच बनाए । आफूले ह्याक गरेको आईडीबाट ती व्यक्तिको बैंक अकाउन्ट नम्बर मागे र त्यसपछि उनले उक्त बैंकको मोबाइल एप डाउनलोड गरेर ती व्यक्तिको नाम र अकाउन्ट नम्बर राखेर लगइन गर्न प्रयास गरे ।
त्यहाँ पनि कोड माग्यो, उनले ती व्यक्तिको मोबाइलमा कोड पठाए अनि उक्त कोड पनि त्यहीँबाट मागे । कोड प्राप्त भएपछि दीपाका ती साथीको मोबाइल बैंकिङमा उनको पहुँच बन्यो । उनले दीपाका अन्य साथीसँग पैसा मागेर ती साथीको अकाउन्टमा रिसिभ गर्ने अनि पैसा हात परेपछि चुपचाप बाहिरिने योजना बनाएका थिए । तर यहीं नेर उनी सफल भएनन् ।
ती व्यक्तिको बैंकिङ एपबाट २५ हजार रुपैयाँ निकालेर ‘पब्जी’मा प्रयोगसमेत गरेका थिए । आफ्नो बैंकको खाता नभएकाले उनले धेरै पैसा ठग्न पाएनन् । नत्र उनले धेरैको पैसा ह्याक गरिसकेका हुन्थे । १४ बर्षका आकाशले सरोज खनाल, दयाराम पाण्डे, सुशील नेपाल लगायतका १० जना कलाकारहरूको फेसबूकमा पनि पहुँच बनाइसकेका थिए । अहिलेसम्म कुनै पनि प्राविधिक तालिम वा शिक्षा नलिएको व्यक्तिले फेसबूक प्रयोगकर्ताहरूको असावधानीको फाइदा उठाएको प्रहरीको निष्कर्ष छ ।
उनी अहिले प्रहरी नियन्त्रण मा छन् र कानुनअनुसार उनीविरुद्ध मुद्धा चलिरहेको छ । तर १८ बर्षभन्दा तल्लो उमेरको बालक भएकाले उनलाई खासै ठुलो सजाय भने हुँदैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: